लकडाउन चाँडै अन्त्य भएर, देश पुनः सामान्य अवस्थामा आउछ : ट्रम्प
काठमाडौं, बैशाख ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउनका नियमहरु चाँडै अन्त्य गरेर चाँडै देश पुनः सामान्य अवस्था ल्याउने बताएका छन । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनका क्रममा उनले लकडाउन दीर्घकालीन उपाय नरहेको बताउँदै सामान्य गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी योजना तीन चरणको योजना पनि सार्वजनिक गरेका हुन् ।
पहिलो चरणको योजनामा भौतिक दूरी कायम गर्ने, १० जना भन्दा बढीको समूह नबनाउने, अनावश्यक यात्रा नगर्ने रहेको छ । यस्तै दोस्रो चरणमा जोखिम रहेका व्यक्तिहरु सुरक्षित स्थानमै रहने, सार्वजनिक स्थानमा जाँदा भौतिक दूरी कायम गर्ने तथा ५० जना भन्दा बढीको भिड नगर्ने नियम रहेको छ ।
तेस्रो चरणमा जोखिमयुक्त व्यक्तिहरु पनि सामाजिक गतिविधिमा सामेल हुन पाउने तर उनीहरुले भौतिक दूरी भने अपनाउनुपर्ने बताइएको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथिको आक्रमण जारी राखेका छन् ।
उनले डब्लुएचओले महामारीका सम्बन्धमा अमेरिकालाई समयमै आवश्यक स्तरमा सचेत नगराएको अभियोग लगाए । उनले चीनले समयमै कोरोना भाइरसका बारेमा नभन्दा विश्वले अहिलेको समस्या भोग्नु परेको पनि दोहोर्याए ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । यस्तै ६ लाख ६७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्