कोरोना कोषमा नागरिक उड्डयन प्राधिकरणद्वारा १ करोड रुपैयाँ सहयोग

काठमाण्डौ, बैशाख ३ । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले एक करोड रुपैयाँ सहयोग गरेको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले एक करोड रुपैयाँको चेक उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेललाई हस्तान्तरण गर्नुभएको छ ।

कोरोनाविरुद्ध लड्न सरकारलाई आर्थिक अभाव नहोस भनेर सहयोग गरिएको क्यानले जनाएको छ । सरकारले बनाएको कोषमा सरकारी र निजी संघ संस्थाले रकम सहयोग गर्ने क्रम दिनदिनै बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्