सीमा नाकामा थप अझ निगरानी बढाउनु पर्ने राजपा नेपालको माग
काठमाडौं , बैशाख ३ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपाल–भारतको सीमामा थप कडाइ गर्न माग गरेको छ ।
राजपा नेपालले बुधवार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने सरकारसँग माग गरेको हो । सीमामा निगरानी बढाउनका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरि आवतजावतलाई कडाइका साथ रोक्नु पर्ने सुझाव पनि राजपाले दिएको छ ।
तराई मधेशमा देखिएका कोरोना भाइरसका संक्रमित प्रायः भारतबाट आएकाहरु हुन् । सीमा नाकाहरु सबै बन्द छन् तैपनि लुकीछिपी नेपाल–भारतका जनताहरु एक अर्काका देशमा आउजाउ गरिरहेका छन् । त्यसैले राजपा नेपालले सीमा नाकाहरु अझै कडाई गर्नुपर्ने माग गरेको हो ।
राजपा नेपालले काठमाडौंमा फसेका उपत्यका बाहिरका मानिसको बारेमा समाधान निकाल्न पनि आग्रह गरेको छ । लकडाउनको अवस्थामा पनि दिनहुँ काठमाडौबाट पैदल यात्रा गरि हजारौंको सँख्यामा सर्वसाधारण आआफ्नो गन्तव्यमा जाने गरेका छन् । त्यसले गर्दा विभिन्न ठाउँमा झडप हुनुको साथै स्थानीयमा त्रास पनि उत्पन्न भएको राजपा नेपालले विज्ञप्तिमा उल्लेख गर्दै त्यसको समाधानका लागि माग गरेको छ ।
उपत्यका लगायत देशको विभिन्न भूभागमा फंसेका नागरिकलाई खान बस्न गाह्रा भएको दावी गर्दै राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले ती व्यक्तिरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउन माग गरेका छन् ।
स्वास्थ्यकर्मीहरुले अझै स्वास्थ्य सामाग्रीहरु नपाएको भन्दै सो पार्टीले गुनासो गर्दै देशको विभिन्न भूभागामा अहिले संक्रमित संख्या बढ्न थालेको र यस अवस्थामा पनि स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ्य सामग्रीहरु पाउन नसक्नु दुखद रहेको कारण सरकारले तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु सरकारसँग माग गरेको छ ।
सरकारले वैशाख १५ गतेसम्म बढाएको लकडाउनको अवधिलाई राजपा नेपालले स्वागत गरेको छ र त्यसलाई अझ प्रभावकारी बनाउन सुझाव पनि पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्