यस वर्ष बिस्केट र जिब्रो छेड्ने जात्रा नहुने

काठमाडौं, २४ चैत्र । यस वर्ष बिस्केट र जिब्रो छेड्ने जात्रा नहुने भएको छ । भक्तपुरमा हरेक वर्ष हुँदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यी दुवै जात्रा यस वर्ष स्थगित गरिएको हो । यस वर्ष सामान्य पूजामात्र गर्ने निर्णय चाही भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइन्छ । तौमढीस्थित पाँचतले मन्दिर परिसरबाट भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा यक्ष मल्लको पालादेखि चलेको बताइन्छ ।

यसैगरी जिब्रो छेड्ने जात्रा मध्यपुरथिमीको बोडेमा विशेष हर्षोल्लासका साथ मनाइन्छ ।

जिब्रो छेड्ने जात्रा, बिस्केट जात्राकै एक अभिन्न अंग हो । प्रत्येक वर्ष चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो ठड्याएपछि वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्