कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा १ अर्ब ३२ करोड रुपैयाँ जम्मा
काठमाडौ, २४ चैत्र । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ । सरकारले स्थापना गरेको यस कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष मा अहिलेसम्म १ अर्ब ३२ करोड १२ लाख २२ हजार ६ सय ३७ सङ्कलन भएको छ ।
विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको कोषमा हिजो आइतबारनै १३ करोड १७ लाख ११ हजार सात सय ५० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार यस कोषमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले ५० लाख, सिभिल बैंक लिमिटेडले ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले ८ लाख २ हजार ९ सय ४८ र दुर्गाबहादुर क्षेत्रीले ३ लाख रुपैयाँ जम्मा गरेका छन् ।
त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति संस्थाबाट कुल १२ लाख ५८ हजार आठ सय दुई रुपैयाँ जम्मा भएको छ । यस भाइरसको रोकथामको लागि सरकारले यो कोषमा रकम जम्मा गर्न आग्रह गरेपछि रकम जम्मा गर्ने क्रम बढेको छ ।











प्रतिक्रिया दिनुहोस्