प्रधानमन्त्री ओलीले गरे बहराइनका प्रधानमन्त्रीसित फोन संवाद, यस्तो भयो कुराकानी
काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासित टेलिफोन संवाद गरेका छन् ।
कोरोनाभाइरस ( कोभिड–१९)का सन्दर्भमा शनिबार प्रधानमन्त्री ओलीले उनका समकक्षी खलिफासित संवाद गरेका हुन् ।सोक्रममा उनले बहराइनमा रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
प्रधानमन्त्री ओलीले अरु मुलुकका सरकार प्रमुखहरुसित पनि संवाद जारी राख्ने ट्वीटमार्फत् जानकारी गराएका छन् ।
‘कोभिड–१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्नेक्रममा आज बहराइनका प्रधानमन्त्रीसँग फोन संवाद गरें । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरें’–प्रधानमन्त्री ओलीको ट्वीटमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्