स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई बिदा नमिल्ने : सबैले उपचारमा खटिनुपर्ने मन्त्रालयको निर्देशन

काठमाण्डौ , चैत २० । स्वास्थ्य क्षेत्रका कुनै पनि बिरामीलाई बिदा नदिइने भएको छ । उनीहरुलाई काममा खटाउन र खट्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई बिदा नमिल्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

आज एक प्रस विज्ञप्ति निकालेर मन्त्रालयले देशभर स्वास्थ्य सेवा दिन कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यस अघि स्वास्थ्य सेवा विभागले गएको १५ गते दीर्घ रोगी, गर्भवती र सुत्केरीलाई कोभिड(१९ को बिरामीको प्रत्यक्ष उपचारमा नखटाउने निर्णय गरेको थियो ।

तर यो विभागको जे जस्तो निर्णय भए पनि अबदेखि कुनै पनि कर्मचारीलाई बिदा नदिन मन्त्रालयले विज्ञप्तिमा स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्