सरकारी कोषमा आयल निगमले गर्यो ५० करोड रुपैयाँ सहयोग

काठमाण्डौ , चैत २० । नेपाल आयल निगमले सरकारलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ जम्मा गरिएको निगमले जनाएको छ ।

बुधबार बसेको निगमको सञ्चालक समितिको बैठकले सरकारी कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।

निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्