पेट्रोलियम पद्धार्थको भाउ घट्यो, ग्यासको भने यथावत

काठमाण्डौँ । नेपाल आयन निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । अन्तराष्टिय बजारमा पेट्रोलियम पद्धार्थको भाउ घटेकाले नेपाल आयल निगमले तीन वटै पदार्थमा १०/१० रुपैयाँका दरले भाउ घटाएको हो ।

गए राती १२ बजेदेखि नयाँ निर्धारण गरिएको पेट्रोलको भाउ प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ । डिजल र मट्टीतेल ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ । तर खाना पकाउने (ग्यास एलपी ग्यास)को मुल्य भने यथावत कायम गरिएको छ ।

कोरोना भाइरसरकले गर्दा बजारमा पेट्रोलियम पद्धार्थको माग कम भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ गुणा घटको छ । तर पनि आयल निगमले नघटाउँदा चौतर्फी आलोचना भइरहेको थियो । चौतर्फी दववा पछि निगमले इन्धनको मुल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्