सरकारद्वारा विवादास्पद मेडिकल सामग्री सम्झौता रद्द

काठमाडौं, चैत १९ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा उपचारका लागि मेडिकल सामग्री खरिद सम्झौता रद्ध गरेको छ।

उक्त मेडिकल सामग्री खरिद सम्झौता विवादमा परेपछि सराकराले रद्ध गरेको हो। स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र श्रेष्ठले बुधबारको पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुने। सरकारले सम्झौतापछि ओम्नी समूहले राखेको ५ करोड रुपैयाँ धरौटी रकम पनि जफत गरेको छ।

विभागले मेडिकल सामग्री खरिदका लागि ओम्नी समूहसँग सम्झौता गरेको थियो। उसले सर्तअनुसार समयमा मेडिकल सामग्री दिन नसकेको लगायतका कारण रद्ध गरिएको जानकारी दिए। विभागका अनुसार ओम्नीले हालसम्म सम्झौतामा उल्लेख भएकामध्ये १० प्रतिशत मात्रै सामान ल्याइपुर्‍याएको छ।

उक्त कम्पनीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै भोलि नै अर्को खरिद प्रक्रिया सुरु गरिने जानकारी दिए। त्यसका लागि नियमानुसार टेण्डर आव्हान गरिने उनले जानकारी दिए। नयाँ मेडिकल सामग्री खरिदका लागि तीन दिनभित्रमा सार्वजनिक सूचना जारी गरिने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्