कोरोना भाइरस विश्को ठूलो चूनौती: संयुक्त राष्ट्रसंघका महासचिव गुट्रेस

काठमाडौं, १९ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड १९) को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।

कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै यलेकमा कयौं मानिसको ज्यान लिनसक्ने विश्व अर्थन्त्रमा पनि ठूलो प्रभाव पार्न सक्ने भन्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् ।

कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने, कयौं देशमा भोकमरी हुक्ने सम्भावना पनि उनले औंल्याए । उनले भने, ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन ।’
अल्प विकसित र विकासोन्मुख तथा निम्न र मध्यमस्तरका आय भएको देशलाई सघाउन राहत कोष आवश्यक पर्ने पनि बताए ।

यसलाई मध्यजनर गर्दै निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भन्ने हतुले राहत कोष खडा गर्न लागेको जानकारी पनि दिए ।

उनले कोरोना भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको पनि बताए । ‘कोभिड–१९ ठूलो परीक्षा हो । जुन संयुक्त राष्ट्रसंघ गठन भएयता सबै मिलेर सामना गर्दैछौं,’ महासचिव गुट्रेसले भनेका छन् ।

गुट्रेसले समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न पनि सबैलाई आग्रह गरे ।

गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४२ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् । अहिले विश्व नै लकडाउन छ । यसले विश्व नै प्रभावित भएको छ । मानव समुदायमाथि नै चुनौति थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्