कोरोना भाइरसको कहरः भारत र पाकिस्तानमा संक्रमण तीव्र, ४१ को मृत्यु

काठमाडौं, चैत १७ । विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तान र भारतमा तीव्र रुपमा बढेको छ ।कोरोना संक्रमणका कारण भारत र पाकिस्तानमा हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानमा संक्रमितको संख्या एक हजार ५९७ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।पाकिस्तानको पन्जावमा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन । पन्जावमा अहिलेसम्म चार सय ६९ जना व्यक्तिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।मृत्यु हुनेको सङ्ख्या भने सिन्ध प्रान्तमा सबैभन्दा धेरै रहेको अधिकारीले बताएका छन् ।

पकिस्तानमा कोरोना भाइरसको सङ्क्रमणको पुुष्टि फेब्रुवरी २६ मा भएको थियो ।यता भारतमा कोरोना भाइरसका कारण मर्नेको संख्या संख्या २७ पुगेको छ ।

१ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण तीव्र रुपमा बढेपछि भारत २१ दिने लकडाउनमा छ ।

प्रतिक्रिया दिनुहोस्