लकडाउनमा खटिने बैंकका कर्मचारीहरुले विशेष सुविधा पाउने

काठमाडौं , चैत १६ । लकडाउनका बेला पनि कार्यालयमा खटिने बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विशेष सुविधा पाउने भएका छन् । अप्ठेरो अवस्थामा पनि कार्यालयमा खटिएको अवधिको गणना गरेर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई विशेष सुविधा दिने भएका हुन् ।

वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत विशेष सुविधा दिन सबै बैंकहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष भुवन दाहालले घरमा बस्ने र काम गर्ने कर्मचारीहरुलाई एकै किसिमको व्यवहार गर्न नमिल्ने भन्दै बैंकहरुलाई आग्रह गरिएको जानकारी दिए ।

‘संघको सिफारिसपछि बैंकहरुले पनि विशेष भत्ता दिने भएका छन् । तलबको तेब्बरसम्म भक्ता सुविधा दिन लागिएको एक वाणिज्य बैंकका सीईओले बताए ।

प्रतिक्रिया दिनुहोस्