‘लकडाउन’को असुविधाप्रति भारतीय प्रधानमन्त्री मोदीले मागे देशवासीसँग माफी

काठमाडौं, चैत १६ । कोरोना भाइरस रोकथामका लागि भारत सरकारले लकडाउन घोषणा गरेको पाँच दिन पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कडा निर्णय’ गर्नु परेकोमा आम जनतासँग माफी मागेका छन् । लकडाउन गरिएसँगै भारतका विभिन्न ठाउँमा हजारौं आप्रवासी कामदार तथा मजदुरहरु अलपत्र परेका छन् ।

सयौँ किलोमिटरसम्म भोकभोकै पैदल यात्रा गर्नु परेको छ । यसैबीच लकडाउनका कारण देशवासीमा आउने अप्ठ्याराहरुको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षमा मागेका छन् ।

मनकी बातको सम्बोधन गर्दै मोदीले सबैभन्दा पहिला देशवासीसँग क्षमा माग्न चाहेको बताएका थिए ।उनले भने, ‘म सर्वप्रथम तपाइहरुसँग क्षमा माग्न चाहान्छु, मेरो आत्मा भन्छ तपाइहरुले पक्कै क्षमा गर्नुहुनेछ ।किनकी यो समयमा केही यस्तो निर्णयहरु लिन पर्यो जसका कारण तपाइहरु सबैले कठिनाइको सामाना गर्न परिरहेको छ ।’

मोदील सम्बोधन गर्दै भने, ‘कति नागरिक म सँग रिसाएका पनि होलान् यस्तो किन सबैलाइ घरभित्र थुनेर राखेको होला भनेर । तर यो कोरोना विरुद्धको लडाइ हो यसलाई जित्नका लागि हामी घरभित्रै रहनु सबैभन्दा उतम उपाय हो ।’

प्रधानमन्त्री मोदीले मनकी बातमा विभिन्न विषयहरुको सम्बोधन गर्दै आउने गरेका थिए ।तर आजको सम्बोधनमा उनले कोरोना भाइरसको बारेमा मात्रै सम्बोधन गरेका थिए ।भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा महामारीको रुपमा फैलिरहेको छ । यसको फैलन रोक्नकालागि मोदीले देशमा २१ दिन लकडाउन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्