अष्ट्रेलियामा सात जना नेपालीमा कोरोनाको संक्रमण , सबै आइसोलेसनमा

काठमाडौं, चैत १५ । अस्ट्रेलियामा रहेका सात जना नेपाली विध्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।अष्ट्रेलियाको ग्रानभिल क्षेत्रमा बस्ने नेपाली विध्यार्थीको स्वास्थ्य परिक्षणमा संक्रमण देखिएको हो।

अष्ट्रेलियामा रहेका सञ्चारकर्मी प्रकाश हुमागाईंका अनुसार एकै अपार्टमेन्टमा बस्ने चार नेपालीमा करोना भएको पुष्टि भएको छ।

उनीहरु सबैलाई आइसोलेसनमा राखिएको छ। मेलवर्नमा बस्ने तीन नेपालीमा समेत कोरोना संक्रमण देखिएको अष्ट्रेलियामा रहेको नेपाली दुतावासका अधिकारीले जानकारी दिएको हुँमागाँइले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्