कोरोनाले विश्व अर्थतन्त्र आर्थिक मन्दी ल्याउँदै

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९० को महामारीका कारणले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको जनाएको छ ।

आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले शुक्रबार अनलाइन प्रेस वार्तामा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९० को महामारीका कारण विश्व अर्थतन्त्रमा मन्दी भएको बताइन् ।

उनका अनुसार यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुने उनले जानकारी दिइन् ।

कारोनाले गर्दा विश्व नै लकडानमा गएकाले विश्व अर्थतन्त्र ठूलो संकटतर्फ अघि बढेको भन्दै क्रिस्टालिनाले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोष ल्याउनुपर्ने बताइन् ।

कोरोना भाइरसको संक्रमण र त्यसलाई नियन्त्रण गर्ने घोषणा गरिएको लकडाउनका कारण धेरै मुलुकहरुको अर्थतन्त्र डामाडोलकोअवस्थामा आएको उनको तर्क छ । यसले बेरोजगारीको समस्या बढ्ने आय स्रोतमा कमी आउने छ ।
अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरणका लागि अमेरीका लगायत विश्वका धेरै मुलुकले आर्थिक सहायता योजना ल्याएका ।

आईएमएफ प्रमुख क्रिस्टालिनाले पनि विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएकी छन् । यसले केहि राहत हुने उनले बताइन् ।
कोरोनका कारण विगत एक महिना भन्दा बढि धेरै मुलुक लकडानमा छ । उत्पादन जन्य कार्यमा पनि प्रभाव परेको छ । यसले विश्वको अर्थ तन्त्रलाई नै कमजोर बनाएको छ । – न्युज एजेन्सिज

प्रतिक्रिया दिनुहोस्