कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार भन्दा बढि
काठमाडौं, १५ चैत । अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या पाँच लाख ९६ हजार नाघिसकेको छ, भने ज्यान गुमाउनेको संख्या पनि २७ हजार नाघिसकेको छ ।
त्यस्तै अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) काराण ४ सय जनाको मृत्यु भएको छ । समाचार एजेन्सि वल्र्ड ओमिटरका अनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार छ सय ९५ पुगेको छ ।
त्यस्तै, शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या एक लाख ४ हजार नाघेको छ । अमेरिकाले अर्थतन्त्रमा कोभिड (१९ को असर न्यूनीकरण गर्न राष्ट्रपति डोनाल्ड ट्रमले २० खर्ब अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज राष्ट्रपति डोनाल्ड ट्रम्मले ल्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यो भाइरस इस्टर (अप्रिल १२० सम्म मात्र रहने दाबी गरिरहेको अवस्थामा यो महामारी उल्लेख्य मात्रामा बढेको हो । बिहीबार राति ट्रम्पले भाइरस नियन्त्रणको विषयमा चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरी सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।
त्यस्तै इटालीमा कोरोना भाइरसको कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ ।
जसमा ४४ जना डाक्टर पनि छन् । सैनिक परिचालन गरेर दुई सातासम्म जनतालाई घरमा राखेका कारण उत्तरी क्षेत्रमा संक्रमण केही कम भएको छ । पोप जन तेइसौं अस्पतालका लुका लोरिनी भन्छन्, ‘अहिले पनि संक्रमितको संख्या उच्च छ तर पछिल्लो दिनमा बृदिद्धर कम छ ।’
यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितहरुको कुल संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।











प्रतिक्रिया दिनुहोस्