औषधी र मेडिकलजन्य सामग्री लिन नेपाल एअरलाइन्सको जहाज आज चीन उड्दै

कठमाडौं, १५ चैत । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस( कोभिड १९) नियन्त्रणको लागि आवश्यक औजार लिन नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदैछ । सरकार र नीजि क्षेत्रलेको औषधी र मेडिकलजन्य सामग्री खरिद गरेका लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको हो ।

औषधी र अन्य मेडिकलजन्य सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने नेपाल एरलाइन्स्ले जनाएको छ । ।

जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहनेछन् । जहाजमा नेपाल एअरलाइन्सका बाहेक अरु कर्मचारी नरहने अपरेसन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले जानकारी दिए । स्वास्थ्य मन्त्रालय र नीजि क्षेत्रका प्रतिनिधि जहाजमा नरहने बताइएको छ ।

यस्तै नेपाल एअरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ । एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ । अपरेशन विभागका प्रमुख जुहार्चनका अनुसार अप्रिल २ तारिखमा पनि जहाज ग्वान्झाउ जाने भएको छ ।

अप्रिल २ तारिखको उडानको लागि ९० प्रतिशत तयारी पूरा भैसकेको उहाँले जानकारी बताए । यस्तै अप्रिल ३ मा पनि ग्वान्झाउ र ४ तारिखमा कुम्निङमा चार्टडको तालिका रहेको उहाँले बताउनुभयो ।

अप्रिल २,३ र ४ तारिखका सबै उडान नेपाली नीजि क्षेत्रले चार्डर गरेका हुन् । तीनवटै उडानमा नेपाल वाइडवडी जहाजको प्रयोग हुनेछ । जहाजमार्फत नीजि क्षेत्रले नेपाललाई चाहिने मेडिकलजन्य र अन्य अत्यावश्यक सामग्री ल्याउन लागेका छन् । चैत ११ गते देखि भएको लकडानका कारण सबै नाकामा आगमन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्