राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालयबाटै सेवा सञ्चालन गर्ने

काठमाडौं, चैत १४ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले लक–डाउन गरेपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालयबाटै सेवा सञ्चालन गर्ने भएको छ ।

बैंकले एक सूचना प्रकाशित गरी भद्रकाली प्लाजा सिंहदरबारस्थित केन्द्रीय कार्यालयबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सीमित कारोवारका लागि बैंक खुला रहने जनाएको हो ।

काठमाडौं उपत्यका बाहिरको हकमा जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार कर्यालय सञ्चालन हुने बैंकले जनाएको छ । बैंकले डिजिटल कारोवार गर्न ग्राहकहरूलाई आग्रह गरेको छ ।

लकडाउनका कारण चैत्र १२ देखि बैंक तथा वित्तीय संस्थाका अधिकांश शाखा बन्द छन् ।

प्रतिक्रिया दिनुहोस्