प्रदेश–२ ले छुट्यायो कोरोना प्रभावितको राहतका लागि २५ करोड

जनकपुर, चैत १३ । कोरानाभाइरस नियन्त्रण तथा प्रभावित व्यक्तिहरुको राहतका लागि प्रदेश नम्बर–२ सरकारले २५ करोड रुपैयाँ बराबरको राहत कोषको स्थापना गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले २५ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने निर्णय गरेको हो ।

कोषमा मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय पनि गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

बैठकले महामारी नियन्त्रणको लागि मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्चस्तरीय निर्देशन समिति र महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा विशेष कार्यकारी समितिसमेत गठन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्