नेता नेपालले भने -सरकार र विश्व स्वास्थ्य संगठनले गरेका निर्णय पालना गरौं
काठमाडौं, चैत १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले घरभित्रै बस्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन विश्व स्वास्थ्य संगठनका निर्णय एवम् निर्देशनहरूलाई पालना गर्न उनले आह्वान गरेका छन्। संक्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरमै बस्न उनले आग्रह गरेका हुन्।
विश्वभरि महामारीको रूप लिएको कोभिड(१९ कोे प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन समेत उनले आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्