खाद्यवस्तुहरुको आपूर्ति सहज बनाउनु : गृह मन्त्रालय (विज्ञप्तिसहित)
काठमाडौं। १३ चैत । गृह मन्त्रालयले आम नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यवस्तुहरुको आपूर्ति सहज बनाउन व्यवसायी तथा विक्रेताहरुलाई निर्देशन दिएको छ । बिहीबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले लकडाउनका बेला दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन एक पे्रस विज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेको हो । बैठकले काठमाडौं उपत्यकाका स्टोर एवं विक्रेताहरले आ–आफ्ना डेलीभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
बैठकले सम्बन्धित जिल्ला प्रशासनहरुलाई डेलभरी भ्यानलाई सवारी पासको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ । त्यस्तै पसलहरु सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा महानगरीय प्रहरी कार्यालयले मिलाउने व्यवस्था समेत गर्ने बैठकले निर्णय गरेको छ । आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखि यस्तो निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । यसलाई पूर्ण रुपमा कार्यन्वयन गर्न व्यवसायी तथा आम बिक्रेताहरुलाई आग्रश गरे ।













प्रतिक्रिया दिनुहोस्