लकडाउनमा शेयर बजारको कारोबार खुल्दा कस्तो प्रभाव पार्ला ?

काठमाडौं, १३ चैत । विश्व नै लकडाउन भएकोको अवस्थामा शेयर बजारको कारोबार खुला गर्ने अर्थ मन्त्रालयको निर्णयप्रति लगानीकर्ता संघहरुले आपत्ति जनाएका छन् ।

बुधबार अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षताको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको बैठकले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र बजारको न्यूनतम सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यो निर्देशनपछि अर्थ मन्त्रालयले अर्काे मंगलबारदेखि शेयर बजारको कारोबार सुचारु हुने जनाइसकेको छ ।

तर यसबारे लगानीकर्ता संघले भने आपत्ति जनाएका छन् । अर्थ मन्त्रालय र अर्थमन्त्री डा. युवराज खतिवडा शेयर बजारका माफियाको चंगुलमा परेर त्यस्तो निर्णय गरेको आरोप समेत उनीहरुले लगाए ।
कोरोना भाइरसले विश्व नै त्रसिशत भएको अवस्थामा शेयर बजार खुलाउँदा बजार क्र्यासतर्फ जानसक्ने भन्दै उनीहरुले आपत्ती जनाएका ह्न । नेपालको पुँजीबजार पूर्ण स्वचालित भइनसकेको अवस्थामा लकडाउनको अवस्थामा शेयर कारोबार सम्भव नहुने समेत उनीहरुको दाबी छ ।

नेपाल इन्भेटर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार
सरकारको प्रधानमन्त्री र उपप्रधानमन्त्रीस्तरीय निर्णयबाट भएका निर्णयलाई अवज्ञा हिसावले अर्थ मन्त्रालयले निर्णय भएको छ । यो आफैंमा मूखर्तापूर्ण बताए । सरकारकै दुई निकायबीचको निर्णयबीचमा समन्वय नहुनु आफैंमा दुःखत कुरो भएको उनले बताए ।
अर्थमन्त्रीलाई कसैले गलत ब्रिफिङ गरेको हुनसक्छ, भारतमा लकडाउन हुँदा शेयर बजार खुल्न हुने, अमेरिकामा खुल्न हुने, नेपालमा किन नहुने भनेर । तर त्यहाँको शेयर बजार र यहाँको शेयर बजारमा निकै फरक छ । त्यहाँको शेयर बजार पूर्ण रुपमा अटोमेसनमा गएको छ, हाम्रोमा अहिलेसम्म बैंक इन्ट्रिगेसनमा जानसम्म सकिएको छैन । हरेक कामको लागि ब्रोकरमै जानुपर्छ । अनलाइन शतप्रतिशत स्वचालित थियो भने हामी शेयर बजार खोल्नुस् भनेर भन्थ्यौं । हामी आफ्नै सम्पत्ति बन्धक बनाएर राख्नुस् भनेर किन भन्थ्यौं ?

व्यापार भनेको स्वस्थ मनस्थितिबाट गरिन्छ, बिरामी भएर व्यापार गरिँदैन । अहिले लगानीकर्ताको मनस्थिति बिग्रिएको छ । यो अवस्थामा भर्खरै मात्रै राम्रो हुँदै गएको बजारलाई क्र्यास हुनबाट रोक्नुपर्छ भनेर पनि हामीले त्यसलाई केही समयका लागि रोक्न भनेका हौं । तर अर्थ मन्त्रालय कसैको प्रभावमा परेको छ । त्यो स्वार्थ समूहले बजार खुला गरेर क्र्यास गराउने लागिपरेको छ भन्ने हाम्रो निष्कर्ष छ ।

सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ नागरिकको स्वास्थ्यकै हो । अहिले इटाली, स्पेनको हालत के छ ? हाम्रोमा त्यही अवस्था आए झन् के होला ? भारतमा संक्रमण तेस्रो चरणमा जान लाग्यो भनेर हाहाकार मच्चिएको छ, त्यहाँ २१ दिनको लागि लकडाउन गरिएको छ । यस्तो अवस्थामा बजार खोल्ने र सबै लगानीकर्ता ब्रोकरमा गएर कारोबार गर्न थाले भने के होला ? त्यसैले अर्थ मन्त्रालयको यो निर्देशन आपत्तिजनक छ ।

शेयर बजार लगानीकर्ता संघका अध्यक्ष, उत्तम अर्यालले विश्व नै संकटको अवस्थामा रहेको अवस्थामा र कसैलाई बाहिर ननिस्कनुस् भनेको अवस्थामा नेपालमा शेयर कारोबार खोल्नू भनेर निर्देशन दिनु आफैंमा गलत छ । यो महामारीको बेला बजारमा सबैको सहभागिता सम्भव छैन । शेयर बजारको कारोबार बैंकको कारोबार जस्तो होइन । यसमा खरिदकर्ता, बिक्रेता, ब्रोकर, डिपी, क्लियरिङ एजेन्ट र बैंक गरी ६ ओटा पक्षबाट कारोबार गर्नुपर्छ ।

कारोबार सुचारु भयो भने ब्रोकरका कर्मचारीहरु अफिसमा जाने कि नजाने ? गएर कारोबार गर्ने नै हो भने पनि शेयर बेच्नेले त्यसको डिआईएस ९डेविट इन्ट्रक्सन स्लिप० कसरी बुझाउने, किन्नेले चेक कसरी बुझाउने ? सम्बन्धित व्यक्तिको खातामा पर्याप्त शेयर वा पैसा रहेनछ भने त्यसका सेटलमेन्ट कसरी गर्ने ? यी सबै समस्या छन् । अनलाइन कारोबार भने पनि अहिले हाम्रोमा बैंक इन्ट्रिगेसनको सिस्टम छैन ।

यस्तो अवस्थामा अहिलेको अवस्थामा अवस्थामा सम्भाव हुन्छ कि हुँदैन ? यी सबैको ग्यारेन्टी नभएसम्म हचुवाको भरमा सस्तो लोकप्रियताको लागि र मानवीय संवेदनालाई समेत विचार नगरी कसको फाइदाको लागि बजार खोल्न खोजिएको हो ? हामीलाई सबैभन्दा पहिले त्यो प्रश्नको उत्तर चाहिन्छ । यो निर्णय कुनै स्वार्थ समूहको दवाव र प्रलोभनमा परेर गरिएको छ भन्ने हाम्रो निष्कर्ष हो ।

पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष, राधा पोखरेलले हामी क्वारेन्टाइनमा बसिरहेका छौं । बाहिर निस्किने अवस्था छैन । लकडाउन लम्बिनसक्छ भनेर सरकारले नै भनिरहेको अवस्था छ । यस्तो अवस्थामा बजार खोल्छौं भन्नु भनेको लगानीकर्तालाई पेनिक बनाउने नियतभन्दा बाहेक अरु केही होइन ।

अहिले ब्रोकरका कर्मचारी र लगानीकर्ताहरु सबै उपत्यका बाहिर गइसक्नुभएको छ । यहाँ भएका पनि क्वारेन्टाइनमा हुनुहुन्छ । यो अवस्थामा बजारमा कसले गएर कारोबार गर्छ भन्ने सोचेर कारोबार खुला गर्न लागिएको हो, त्यो थाहा भएन ।

अहिले बजारमा अनलाइन लगानीकर्ता भनेको जम्मा २२ हजार मात्रै छन्, उनीहरुमध्ये पनि ५ हजारले मात्रै यसलाई दैनिक रुपमा प्रयोग गर्छन् । के शेयर बजार १ प्रतिशत भन्दा पनि लगानीकर्ताको लाग मात्रै हो ? बजार खुल्यो भने लगानीकर्ताहरु अनलाइन ट्रेडिङका लागि जाने कि नजाने ?

यो निर्देशन आएको कुरा मिडियाबाट थाहा पाउने बित्तिकै मैले अर्थमन्त्रीज्यूलाई सम्पर्क गर्न खोजेको थिएँ । उहाँको मोबाइल अफ भएपछि मैले बजार कहाँ पुग्छ भनेर म्यासेज पठाइसकेको छु । यसले लगानीकर्ताको हित गर्दै बरु बजारलाई झन क्र्यास गराउनेतिर लैजान्छ भनिसकेको छु । बजारले कस्तो प्रभाव पार्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्