स्वास्थ्य उपकरण लिन नेपाल एयरलाइन्सको जहाज चीन जाने

काठमाडौं, १३ चैत । विश्वव्याी रुपमा फैलीएको कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीन जाने भएको छ ।

नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने भएको हो ।
यो नेपाल सरकारले आफ्नै खर्चमा सामग्री ल्याउन लागेको हो ।

‘चीन सरकारले अनुदानको रूपमा दिने भनेको स्वास्थ्य सामग्री आउन केही समय लाग्ने भएकोले नेपाल सरकार आफैंले स्वास्थ्य सामग्री ल्याउन लागेको हो’, एक मन्त्रीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सामग्री आइतबारसम्म नेपाल आइपुग्ने छ।

‘स्वास्थ्य सामग्री आइतबारसम्म नेपाल आइपुग्ने छ’,। आइतबार दिउँसो नै नेपाली सेनाले हेलिकप्टरबाट उक्त सामग्री विभिन्न स्थानमा बाँड्ने तयारी सरकारले गरको छ ।

प्रतिक्रिया दिनुहोस्