अतिआवश्यक परेका सवारीलाई मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउन आग्रह

 

काठमाडौं, चैत १२ । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यक परेका सवारीलाई लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकाभित्रका पम्प सञ्चालकलाई पनि सोही व्यहोरा पम्पको बाहिर सूचना टाँस गर्नसमेत आग्रह गरिएको छ । ‘पेट्रोल पम्प परिसरको बाहिरपट्टि देखिने गरी सूचना टाँस गरेर अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन ९एम्बुलेन्स वा सरकारबाट इजाजतप्राप्त साधन० लाई इन्धन उपलब्ध गराउन हामीले निर्देशन दिएका छौँ,’ उनले भने, ‘पम्पहरुमा धेरै कर्मचारी नभएको र सम्पर्क नम्बर देखिने गरी सूचना टाँस गर्न हामीले जानकारी गराइसकेका छौँ ।’

अत्यावश्यकका लागि काठमाडौं उपत्यकाका जुनसुकै पम्पमा तेल भर्न सकिने र पम्पमा पर्याप्त मात्रामा मौज्दात तेल राखिएको उहाँले जानकारी दिए । सुरक्षा निकायका आफ्नै पम्प रहेको तथा निजी क्षेत्रका पम्पबाट नजिक रहेका अस्पताल तथा कूटनीतिक नियोगका कर्मचारी तथा पत्रकारले तेल भर्ने गरेको सूचना आफूहरुलाई आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्