कोरोना कोषमा राजपाका सांसदले १५ दिनको तलव दिने

काठमाडौं ,चैत १२। राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले १५ दिनको पारिश्रमिक ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने भएका छन् ।

राजपाका संयोजक शरतसिंह भण्डारीको निर्देशन अनुसार संघीय संसदहरुको १५ दिनको तलव कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

राजपाका १७ जना प्रतिनिधि सभामा र २ जना राष्ट्रिय सभामा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्