कोरोनाको महामारीः भारतमा ज्यान गुमाउने संख्या १० पुग्यो,५ सय ११ जनामा संक्रमण
काठमाडौं, चैत ११ । भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको छ ।
भारतमा ५ सय ११ जनामा संक्रमण देखिएकोमा ३७ जना निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसको संक्रमण रोकक्नका लागि भारतका ५ सय ४८ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्