राष्ट्रिय सभा निर्वाचन : नामावलीमाथि छानबिन गरिदै

काठमाडौं । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागी हिजो प्रकाशित नामावलीमाथी निर्वाचन आयोगले आज छानबिन गर्ने भएको छ ।

बिहान १० बजेदेखी भोली साँझ ५ बजेसम्म नामावलीमाथि परेका दाबी बिरोध तथा उजुरीमाथि छानबिन गर्ने निर्वाचन आयोगले जनाएको छ । छानबिन सकेर भोली साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनका लागी स्थानीय तहका १ हजार ५ सय ६ र ५ सय ५० प्रदेश सभा सदस्य गरी कुल २ हजार ५६ मतदाता रहनेछन् । निर्वाचन कार्यक्रम अनुसार बुधवार उमेद्वारले मनोनयन दर्ता गराउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्