परीक्षणलाई तीव्रतासाथै मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्नेमा डब्ल्यूएचओको जोड

काठमाडौं, ११ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुका साथै मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्नेमा जोड दिएको छ ।
एक सय ९५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म तीन लाख ७८ हजार सात सय जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमतिमध्ये एक लाख एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन भने १६ हजार चार सय ९५ जनाको ज्यान गैसकेको छ ।

विश्वभर व्यापक रुपममा फैलिएको कोरोना भाइरसबाट बच्न डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले माहामारी तीव्र गतिमा फैलिरहेको भन्दै सबै देशले अहिले गरिरहेको काममा थप प्रयास गरेमा नियन्त्रण लिन सम्भव हुने बताएका हुन् ।

कोरोना सङ्क्रमितको संख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकोमा दोस्रो एक लाख ११ दिनमा पुगेको थियो । तर अर्काे चार दिनमा नै तेस्रो लाख पुगेको भन्दै महानिर्देशक गेबेरियससले अब देशहरुले रणनीति परिवर्तन गर्दै परीक्षणलाई तीव्रता नदिए र मानिसबीचको सम्पर्कमा कडाइ नगरेमा माहामारी गम्भीर बन्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्