कोरोनाको संक्रमणबाट इटलीमा कुल मृत्यु हुनेको संख्या ६ हजार ७७ पुग्यो

काठमाडौं, ११ चैत । कोरोना भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ पुगेको छ । यो संख्या सबैभन्दा बढि हो । अनी चीन हो ।

कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीमा अवस्था भयावह बनेको छ । चीनमा हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८०० बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाबाट ज्यान जानेको कुल संख्याको ३६.८० प्रतिशत संख्या इटलीको छ । हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० मानिसको ज्यान गइसकेको छ ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ मानिसमा यसको लक्षण देखिएको छ । यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ छ । यीमध्ये ३ हजार २ सय ४ मानिसको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इटालीले समयमै ध्यान पुर्याउन नसक्दा यो घटना व्यहोर्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस्