भोलि ६ बजेबाट मुलुक पूर्ण रुपमा लकडाउने गर्ने निर्णय

काठमाडौं १० चैत । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । विभिन्न स्थानीइ सरकारले पनि आआफ्नो स्थानहरुमा लकडाउन तथा कर्फ्यु लगाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्