पाण्डे राजदूतमा समितिबाट अनुमोदन

काठमाडौं, १० चैत । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।

सोमबार बसेको समितिको बैठकबाट चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम अनुमोदन गरको हो । समिति सभापति लक्ष्मणल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको बताए ।

गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डेको विरुद्ध समितिमा कुनै पनि उजुरी नपरेपछि संसदीय समितिले आज उनको नाम समतिले अनुमोदन गरेको हो । फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो ।

प्रस्तावित राजदूत पाण्डेले दुई देशबीच भएका सम्झौता कार्यान्वनय र समयसीमा भित्र काम सक्न अवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाए ।
पाण्डेले चीनको राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक अवस्थ, प्रवृति तथा परिवर्तनको अध्ययन गरी नेपालमा पर्न सक्ने असर र सम्भावनाको विश्लेषण गरी परराष्ट्र मन्त्रलय मार्फत नेपाल सरकारलाई प्रत्येक महिना प्रतिवेदन पेश गर्ने जनाएको छ ।

पाण्डले चिनियाँ लगानीकर्तालाई नेपालको जलस्रोत, कृषि, भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने प्रतिवद्धता समेत जनाए । समितिले नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गर्नेछीन् ।

प्रतिक्रिया दिनुहोस्