संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदुत पाण्डेको सुनुवाई आज
काठमाडौं, १० चैत। कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि भेला तथा बैठक गर्न सरकारले निषेध गरेका बेला सोमबार संसदीय समिति बैठक डाकेको छ । चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइका लागि संसदीय समितिको बैठक डाकीएको हो ।
यसअघि सुनुवाइ समितिले पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दिने १० दिने समयसिमाभित्र एउटा पनि उजुरी नपरेपछि पाण्डेको सोमबार नै संसदीय सुनुवाइ हुन लागेको हो ।
बिहान साँढे ११ बजे पाण्डेविरुद्धको उजुरी खोल्ने समय तय भएको छ । एउटा पनि उजुरी नपरेका कारण प्रक्रिया पुर्याउन मात्रै समितिको बैठक बस्नेछ । लगत्तै पौने १२ बजे समितिले पाण्डेको सुनुवाइका लागि दोस्रो बैठक राखेको छ ।
उजुरी नपरेका कारण एकै दिन दुई वटा बैठक राखेर निर्णय गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।
गत फागुन १८ गतेको मन्त्रिपरिषदको बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो ।
मितिले पाण्डेको सुनुवाइका लागि दोस्रो बैठकले उनलाई अनुमोदन गर्ने छ ।











प्रतिक्रिया दिनुहोस्