लामो दुरीका सवारी साधन आजबाट बन्द, यात्रीहरु प्रभावित

काठमाडौं , १० चैत । लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । सरकारले कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो । यसले गर्दा सर्व सर्वसारणलाई आवत जावतामा समस्या परेकोछ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको गरिएको थियो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ । चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराइएको छ । तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने छ । कोरानाका कारण तारे होटलदेखि बार रेष्टुरेष्ट लगायत अधिकांश व्यवसायीक कार्यालयहरु बन्द भएको अवस्था छ । पर्यटन क्षेत्रका कर्मचारीहरुलाई वेतलवी विदा दिएर घर फकाईएको छन् ।

प्रतिक्रिया दिनुहोस्