राष्ट्रपति र प्रधानमन्त्रीबीच १ घन्टा छलफल, के भयो कुराकानी
काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान ११ बजे उनीहरूबीच भेटघाट भएको राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले जनाकारी दिए ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच शितल निवासमा पहिलोपटक भेटघाट भएको हो।
’उहाँहरूको भेटघाट नियमित हो। कुनै खास विषयमा छलफल भएको होइन,’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव अधिकारीले भने, ’समसामियक विषयमा उहाँहरूबीच करिब १ घन्टा राष्ट्रपति निवासमा छलफल भयो।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्