साल्ट ट्रेडिङले भन्यो – नुन अभाव हुँदैन
काठमाडौं, चैत ९ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङले नुनको अभाव नहुने स्पष्ट पारेको छ । दाङलाई ६ महिनासम्म पुग्ने नुन बचत रहेको कर्पोरेसनको भनाइ छ ।
कर्पोरेसनको घोराही शाखाले अहिले पनि सात हजार क्विन्टल नुन मौज्दात रहेको जनाएको छ । कर्पोरेसनका जिन्सी प्रमुख राजबहादुर गुरुङले आज मात्रै पाँच सय क्विन्टल आयोडिन युक्त पोकाको नुन आएको जानकारी दिए ।
अहिले मौज्दात रहेको ४ सय २० क्विन्टल ढिके नुन यहाँ पर्याप्त हुने गुरुङले बताए । कोरोना भाइरस संक्रमणको जोखिमले आयात नहुँदा दैनिक उपभोग्य वस्तुहरु अभाव हुने देखिएपछि उपभोक्ताले धमाधम धेरै मात्रामा नुन किनेर राख्न थालेका छन् ।
भैरहवा र नेपालगन्जको क्षेत्रीय कार्यालयमा नुन पर्याप्त रहेकाले उपभोक्ताहरुलाई अभाव नहुने कर्पोरेसनले स्पष्ट पारेको छ । २० रुपैयाँ प्रतिकिलोमा नुन खरिद हुने भएकाले पनि त्यसभन्दा बढी मूल्यमा नकिन्न आग्रह गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्