जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीको चेतावनी -यो महामारी २ वर्षसम्म रहन सक्छ
काठमाडौं , चैत ८ । चीनबाट सुरु भएको कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत अहिले सम्म बन्न सकिरहेको छैन । परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १ देखि २ महिना लाग्न सक्ने बताइएको छ ।औषधि र खोप नै पत्ता नलागेकाले सतर्कता अपनाउँदै मानिसहरुलाई घरभित्रै बस्न विभिन्न मुलुकका सरकारले आह्वान गरेका छन् ।
यता कोरोना भाइरसको संक्रमण फैलिएको तीन महिना हुनै लाग्दा पनि नियन्त्रणमा नआएपछि वैज्ञानिकहरु चकित भएका छन् ।बरु रुघाखोकीसँग मिल्दाजुल्दा लक्षणले वैज्ञानिकहरु चिन्तित भएका छन् । भाइरोलोजिस्ट हेन्ड्रिक स्ट्रिकका अनुसार कोरोनाभाइरसका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुने सम्भावना रहेको औंल्याएको छ ।
जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीले यो महामारी २ वर्षसम्म रहन सक्ने चेतावनी दिएको छ ।
ज्वरो आउनु, घाँटी खसखस हुनु, सुख्खा खोकी लाग्नु र मांशपेशी दुख्नु कोरोनाभाइरसका मुख्य लक्षण हुन् । तर, अब यसका केही नयाँ लक्षण पनि देखिएका छन् जसले वैज्ञानिकहरुलाई चिन्तित बनाएको छ । कोरोनाको कारण अहिले सम्म ज्यान गुमाउनेको संख्या ११ हजार नाघी सकेको छ ।चीनपछि युरोपको इटालीमा सबैभन्दा बढी ४ हजार ३२ जनाको ज्यान गइसेकेको छ ।
एसियामा भने चीनपछि इरानमा कोरोनाको संक्रमण बढी देखिएको छ। चीनमा ३ हजार २५९ को मृत्यु भइसकेको छ भने इरानमा १ हजार ४३३ ले ज्यान गुमाइसकेका छन्। चीनमा केही सातादेखि संक्रमित संख्याको अनुपात घटेको छ।
चीनमा अहिलेसम्म ८१ हजार २८६ मा संक्रमण पुष्टि भइसकेको छ। गत डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा देखा परेको भाइरसबाट विश्वभर २ लाख ७५ हजार संक्रमित भएको पुष्टि भएको छ। त्यस्तै ८८ हजारको सफल उपचार भएको छ।
प्रतिक्रिया दिनुहोस्