क्वारेन्टाइनमा नबस्नेलाई सरकारको कडा नियम, ५ वर्षसम्म जेल र ३२ लाख जरिवाना

काठमाडौं, चैत ८ । क्वारेन्टाइनमा नबस्नेलाई सरकारले कडा नियम बनाएको छ ।सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेमाथि ५ वर्षसम्म जेल र ५० हजारदेखि १ लाख दिरामसम्म ( झन्डै ३२ लाख ५८ हजार नेपाली रुपैयाँ) जरिवाना गर्न सकिने जनाएको छ ।

यो नियम युएई सरकारले बनाएको हो । युएईका महान्यायधिवक्ता हमद सैफ अल साम्सीले देशले पूर्वतयारीका लागि बनाएको नियम नतोड्न सर्वसाधारणलाई चेतावनी दिएका छन् ।

१४ दिने ‘होम क्वारेन्टाइन’ तोड्ने र धेरै मानिससँग सम्पर्कमा आउने गतिविधिले समाजको स्वास्थ्य र सुरक्षामा जोखिम उत्पन्न गराउने भएकाले त्यस्ता व्यक्तिमाथि कानूनी कारबाही हुने उनले स्पष्ट पारे ।

संसारभर कोरोना भाइरसको बढ्दो प्रकोप बढ्दा पनि १४ दिने क्वारेन्टाइन बस्न धेरै मानिसले आनाकानी गरिरहेका छन् । संक्रमित व्यक्तिले मनसाय नै बनाएर सरुवा रोग फैलाएमा उसलाई जेल र जरिवाना गरिने युएईको संघीय कानून २०१४ अन्तर्गत धारा १४ मा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्