भारतीय प्रधानमन्त्री मोदीले गरे प्रधानमन्त्री ओलीलाई कृतज्ञता व्यक्त

काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न सार्कले गरेको निर्णलाई स्वीकार गर्दै नेपाल सरकारले कोषमा १० करोड रुपैया कोषमा जम्मा गगर्ने निर्णयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत योग्य निर्णय भएको बताएका छन् । सार्क राष्ट्रलाई कोरोना भाइरसबाट लड्न सहयोग कोषमा सहायोग गर्ने निर्णयका लागि मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका थिए ।

मोदीले त्यसको स्वागत गर्दै भनेका छन्, ‘ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउँछ ।’

यही चैत २ गते सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच सामूहिक भिडियो वार्ता हुँदा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिएका थिए ।

यो कोषमा सार्क सदस्य देशहरुले स्वेच्छाले रकम जम्मा गर्न र कोरोना विरुद्धको लडाइँमा खर्च गर्न पाउँछन् ।
विश्वव्यापीर रुपमा फैलिएको कोराना भाइरस विरुद्ध लड्न विश्व एक जुट हुनपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्