बास्कोटाको घरमा बम विस्फोट गराउने तीन जना पक्राउ
काठमाडौं, चैत ७ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने ३ जना पक्राउ परेका छन् । विस्फोट गराएको घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जना नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामा आबद्ध रहेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका मध्य कमाण्ड ब्यूरो सदस्य अमृतबहादुर कुमाल क्षेत्री, साधारण सदस्य लक्ष्मण सेट्टी र टेक बिक रहेका छन्।
गत फागुन २८ गते बिहान पौन ८ बजे बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा विस्फोट भएको थियो।
प्रतिक्रिया दिनुहोस्