मन्जुश्री विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ । धादिङ्ग नीलकण्ठ नगरपालिका–११, सिम्लेस्थित मन्जुश्री विद्यालयलाई ल्यापटप कम्युटर र स्मार्ट बोर्ड शैक्षिक सामग्री वितरण गरिएको छ ।
रोटरी क्लब अफ बेरी अष्ट्रेलिया र रोटरी क्लब अफ काठमाडौं नर्थ इष्टको आर्थिक सहयोगमा बुधबार वडा अध्यक्ष तिलक बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा विद्यालयका प्रधानाध्यापक राम बहादुर थापा मगरलाई २० थान ल्यापटप एक थान स्मार्ट बोर्ड गरि करिब ७ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।


सो कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष थापाले रोटरी क्लब अफ सेल्स्वेरी अष्ट्रेलिया र रोटरी क्लब अफ काठमाडौं नर्थ इष्टलाई विशेष धन्यवाद दिँदै २१र्औं शताब्दी सिकाईमा कम्युटर शिक्षाले विद्यार्थीको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताउनुभयो । प्राविधिक शिक्षाको माग बढ्दै गएको अवस्थामा वितरित शैक्षिक सामग्रीको भरपुर उपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष थापा रोटरी क्लब अफ काठमाडौ नर्थ इष्टका निवर्तमान अध्यक्ष समेत हुन । गाउँको विकास र समाज सेवामा तल्लिन अध्यक्ष थापाले आफ्नै पहलमा सो शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।


शैक्षिक सामग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक राम बहादुर थापा मगरले विद्यालयलाई कम्युटर तथा ल्यापटप सहयोग गर्ने संस्था तथा अध्यक्षलाई धन्यवाद दिँदै यसको विशेष उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२०३९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २९६ जना विद्यार्थी अध्यनरत छन् । कक्षा दशसम्म अध्यापन गराउने सो विद्यालयमा सरकारी नौ जना र निजि स्रोतका तीन गरि जम्मा बाह्र शिक्षक/शिक्षिका छन् ।
उक्त कार्यक्रममा स्थानीयस्तरका नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी तथा अविभावकहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्