तनहुँको दीपक माविका विद्यार्थीद्वारा बाढीपीडितलाई सहयोग
काठमाडौं, १९ भदौ । तनहुँको ऋषिङ्ग गाउँपालिका–१ मा रहेको श्री दीपक माध्यमिक विद्यालयका विद्यार्थीले ६ हजार ६ सय ६० रुपैंयाँ सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहतकोषमा जम्मा गरेका छन् ।
भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उदेश्यले विद्यार्थीहरुले आफ्ना साथीभाई सबैसँग रकम संकलन गरि उक्त रकम सहयोग स्वरुप राहतकोषमा जम्मा गरेका हुन् ।
सरकारले विभिन्न राष्ट्रिय तथा अन्तरािष्ट्रय समुदायलाई बाढिपहिरो पीडितका लागि राहत तथा सहयोगको आह्वान गरेको र पीडितको पीडामा केहि राहत पुगोस् भन्ने उपेक्षा सहित उनीहरुले सो रकम संकला गरि कोषमा जम्मा गरिएको विद्यार्थीको भनाई छ ।
भोटेकोशीको बाढीबाट धेरै विद्यालयमा क्षति भएको छ, भनें विद्यार्थी पनि सम्पर्क विहिन र प्रभावित भएका छन्।
विद्यार्थीको सहयोगी हातहरुले आफ्नो खाजा तथा नास्ताको खर्च रकम कटौती गरि थोरथोरै संकलन गरि पीडितका लागि राहत तथा सहयोग गर्नु निकै कारुणीक कार्य हो । यसले अन्य व्यक्ति तथा संस्थाको लागि पनि प्रेरणाको स्रोत हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्