टियु टपरलाई आफ्नै कलेजद्वारा सम्मान
काठमाडौं, १७ भदौ । काठमाडौंको डिल्लीबजारमा रहेको कलेज अफ बिजनेस म्यानेजमेन्ट ९सीबीएम्० कलेजले त्रिभुवन विश्वविद्यालयकी उत्कृष्ट विद्यार्थीलाई बुधबार सम्मान गरेको छ ।
कलेजका अध्यक्ष लेखनाथ कोइरालाका अनुसार हालै प्रकाशित बीबीएम् प्रथम सेमेष्टरको परीक्षाफलमा कलेजकी रिदिमा माली सर्वोत्कृष्ट भएकी हुन् । उनले ३ दशमलब ९६ जीपीए ल्याएकी छिन् । ‘हाम्रो विद्यार्थी टियु टपर भएकामा खुशी लागेको छ, भोलिको दिनमा पनि यस्तै विद्यार्थी उत्पादन गर्ने प्रयास गर्दैेर्छौ’ अध्यक्ष कोइरालाले भने । कार्यक्रममा कलेजका विभिन्न गतिविधिमा सक्रिय कक्षा ११ र १२ का २० जना विद्यार्थीलाई पनि प्रसंशापत्रद्वारा सम्मान गरिएको छ ।
क्याम्पसका सहायक प्रिन्सिपल सञ्जय मेहेताको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन कलेज को–अर्डिनटर सरिक्षा कँडेलले गरेकी थिइन् । कार्यक्रममा बीबीएम् अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिने जानकारी दिइएको थियो । कलेजले अन्तर्राष्ट्रिय मान्यताप्राप्त चार्टड फाइनान्सियल एनालिष्ट ९सीएफ्ए० कक्षा पनि सुरु गरिने जनाएको छ ।
कलेजले गतसाता रसुवाको भोटेकोशीमा आएको बाढीमा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ भनें घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । कलेजले बेपत्ताहरुको खोजी गर्न पनि सरकार र सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
अध्यक्ष कोइरालाले कलेजले चाँडै नै बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लाने योजना बनाएको पनि जनाएका छन् । ३० वर्षअघि स्थापना भएको यो कलेजले गुणस्तरीय र व्यवहारिक शिक्षा दिने अभियान अघि बढाएको अध्यक्ष कोइरालाले बताए ।



प्रतिक्रिया दिनुहोस्