छिन्नमस्ता पशुबलि, धार्मिक स्थलमा भाइरस सर्ने सम्भावा बढि

काठमाडौं, ६ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सक्रमण रोक्न सरकारले आजेदखि हुने एइइ परिक्षालाई लगायत सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ ।

नेपालमा पनि सरकारले मठमन्दिर, गुम्बा र चर्चहरुमा सामुहिक भेला हुन रोक लागाउने निर्णय गरेको छ । तथापि मानिसहरुको धार्मिक आस्था प्रकट गर्ने ठाउँ भएकाले त्यहाँको भीड सहज हुनु चुनौतीपूर्ण देखिन्छ ।

धार्मिक स्थलमा भाइरस सर्ने सम्भावा बढि: 

कतिपय मानिसहरु भन्ने गर्छन। पशुपतिनाथको कृपाले नेपालीहरुलाई अहिलेसम्म कोरोना भाइरस नलागेको हो । तर, अहिलेसम्म पशुपतिको दर्शन गर्न आइरहेका भारतीय तीर्थालुहरुले त्यहीँबाट कोरोना नभित्र्याउलान् भन्ने सकिने अवस्था चाहिँ छैन । कोरियाको चर्चमा पार्थना गर्नेहरुलाई नै कोरोनाले आक्रमण गरेको तीतो उदाहरण विश्वसामु छ ।

काठमाडौंमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरमा यतिबेला भारतीय पर्यटकहरु बढेका छन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा पशुपति मन्दिरमा केही समययता नेपाली भक्तजन घटे पनि भारतीय भक्तजन भने बढेको बताउँछन् ।

‘दैनिक २ देखि ३ हजार भारतीय पर्यटकहरु पशुपति आइहनुभएको छ, नेपाली भक्तजन घटे पनि भारतीय पर्यटकको आगमन पातलिएको छैन,’ उनी भन्छन्, ‘रामनवमीको पूर्वसन्ध्या भएकाले पनि होला, विहार लगायतका क्षेत्रबाट आउनेहरु बढेका छन् ।’ शविरात्री र यसको आसपासको समय भारतीय पर्यटक आउने मुख्य सिजनमध्ये एक हो । खतिवडाले कोरोना संक्रमणको जोखिम कम गर्न मन्दिर परिसरमा ‘स्यानिटाइजर’ राखिएको बताए । कोषका अनुसार भक्तजनहरुलाई समयम–समयमा हात धुन तथा सरसफाइमा ध्यान दिन सूचना तथा प्रचार–प्रसार ब्याापक बनाइएको छ ।

सरकारले सप्तरीको छिन्नमस्ता र जनकपुरधामस्थित जानकी मन्दिरको अवस्था जोखिमपूर्ण देखियो ।

प्रदेश २ का प्रमुख मन्दिरहरुमा कोरोनाको छिन्नमस्ता पशुबलि किन देखिएको छ भने यहाँ न त भीडभाड रोकिएको छ, न सुरक्षाको सावधानी नै अपनाइएको छ । तर, सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवती मन्दिरमा दैनिक हजारौंको संख्यामा श्रद्वालुहरु आउने गरेका छन् । मन्दिरमा पशुबलि पनि यथावत् चलिरहेको छ ।

छिन्नमस्ता मन्दिरमा दिनहुँ भीडभाड देखिने गरेको छ । यहाँ दैनिक हजारौंको संख्यामा श्रद्धालु आउने गर्छन् । तीमध्ये अधिकांश भारतकै हुन्छन् । कोरोनाको हल्ला चले पनि यो मन्दिरमा अहिलेसम्म भीड घटेको छैन । मन्दिरका मुख्य पुजारी महाकान्त ठाकुरले बुधबार मात्रै ५ हजारभन्दा बढी दर्शनार्थी आएको बताए । उनले बुधबार मात्रै २१४ वटा पशुको बलिसमेत मन्दिरमा प्रदान गरिएको जानकारी दिए ।

मन्दिरमा दैनिक भीड बढे पनि हेल्थ डेस्क राख्ने विषयमा कुनै पहल गरिएको छैन । मुख्य पुजारी ठाकुरले छिन्नमस्ता आफैं अस्तव्यस्त भएकाले यसतर्फ कुनै चासो नदिएको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले भीड हुने स्थानमा हेल्थ डेस्क राख्ने काम सुरू भइसकेको बताए । उनले चाँडै यो मन्दिरमा पनि हेल्थ डेस्क राख्ने बताए । ‘यसका निम्ति पालिकासँग कुरा भइरहेको छ’ उनले भने, “छिन्नमस्ता मन्दिरमा चाँडै हेल्थ डेस्क स्थापना हुन्छ ।

छिन्नमस्तासँगै सप्तरीकै कंकालनी मन्दिरमा पनि श्रद्वालुह?को भीड लाग्ने गरेको छ । तर, यहाँ पनि हालसम्म हेल्थ डेस्क स्थापना गरिएको छैन । धनुषाको जनकपुरधामास्थित जानकी मन्दिरमा दर्शनार्थीको संख्या केही घटेको छ । जानकी मन्दिरका महन्थ रामरोशन दासले पछिल्लो दुई सातायता मन्दिरमा श्रद्धालुको संख्या अत्यन्तै कम भएको बताए । ‘अहिले पहिलाको तुलनामा १० प्रतिशत भन्दा पनि कम श्रद्वालु आउन थालेका छन् ।

जानकी मन्दिरमा दैनिक ४ देखि १० हजारसम्म दर्शनार्थी आउने गरेका थिए । यो संख्यामा आधाभन्दा बढी भारतीय हुन्थे । तर, अहिले भारतीयहरु पटक्कै नआएको दासले सुनाए । ‘अहिले जनकपुर तथा आसपासका केही जिल्लाबाट मात्रै श्रद्धालुहरु आइरहेका छन् । उनले भने । अत्यधिक भीड हुने मन्दिरमा सरकारले अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन । महन्थ दासले मन्दिर प्राङ्गणमा हेल्थ डेस्क राख्न उप–महानगरपालिकाका मेयरसँग आग्रह गरेको बताए । यद्यपि अहिलेसम्म हेल्थ डेस्क स्थापना गरिएको छैन । केन्द्र सरकारले मन्दिरह?मा भीडभाड नगर्न अपील गरिसक्दा पनि प्रदेशमा पर्याप्त ध्यान दिइएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्