विदेश जाने बढे पनि रेमिट्यान्स घट्यो, सात महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँ भित्रियो
काठमाडौं, चैत ५ । चालू आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स घटेको छ । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम विप्रेषण (रेमिट्यान्स) गत वर्ष भन्दा यसवर्ष घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्कले विदेश जानेहरु बढेको र उनीहरुले नेपालमा पठाउने रेमिट्यान्समा कमी आएको देखाएको छ ।
चालु आर्थिक वर्ष २०७६र७७ को ७ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स घटेको नेपाल राष्ट्र बैंकले जनाकारी दिएको हो ।
आर्थिक वर्ष २०७५ को साउनदेखि माघसम्म ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएकामा २०७६ को साउनदेखि माघसम्ममा ५ खर्ब १३ अर्ब रुपैयाँमात्र प्राप्त भएको हो । गत वर्ष २८.५ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाह यो वर्ष ०.५ प्रतिशतले घटेको राष्ट्रबैंकले जनाएके छ ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले कमी आएको छ। गत आर्थिक वर्ष यस्तो आप्रवाह १६ प्रशितले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.१ प्रतिशतले घटेर ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यही अवधीमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो।श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजागारीमा जानेको संख्या २१.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधीमा ०.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधीमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो।
गत वर्ष भन्दा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या भने बढेको छ । अहिले पनि कोरोनाको संक्रमण भएपनि नेपालबाट विभन्न मुलकमा वैदेशिकरोजगारीका लागि कामदार गइरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्