प्रधान सेनापति क्षत्री र श्रीलङ्काका राष्ट्रपतिविच भेटवार्ता
काठमाडौं । नेपालीसेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले श्रीलङ्काका राष्ट्रपति Pallewatte Gamaralalage Maithripala Yapa Sirisena सँग भेटवार्ता गर्नु भएको छ ।
मित्रराष्ट्र श्रीलङ्का भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले यही माघ ५ गते श्रीलङ्काका सम्माननिय राष्ट्रपति Pallewatte Gamaralalage Maithripala Yapa Sirisena सँग भेटवार्ता गर्नु भएको छ । सोहि दिन उहाँले जल सेना प्रमुख Vice Admiral Sirimevan Sarathchandra Ranasinghe सँग जलसेना मुख्यालयमा भेटवार्ता गर्नु भएको थियो ।यसैगरि माघ ४ गते उहाँले स्थल सेना प्रमुख Lieutenant General N.U.M. Mahesh W. Senanayke, RWP, RSP, USP, psc र हवाई सेना प्रमुख Air Marshal Kapila Jayampathy सँग सम्बन्धित मुख्यालयमा भेटवार्ता गर्नु भएको थियो । भ्रमणकै क्रममा प्रधानसेनापति क्षत्रीले श्रीलङ्का सेनाको महत्वपूर्ण सैनिक संरचनाहरुको समेत भ्रमण गर्नु भएको छ ।
औपचारिक भ्रमणको लागि प्रधानसेनापति क्षत्रीले माघ ३ गते मित्रराष्ट्र श्रीलङ्का प्रस्थान गर्नुभएको हो । उहाँ भ्रमण सम्पन्न गरी यही माघ ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
उक्त भेटले दुबै राष्ट्र र सेनाको विचमा सम्बन्धमा प्रगाढ बन्ने विश्वास बढेको छ ।
प्रतिक्रिया दिनुहोस्