कोरोना भाइस विरुद्धको भ्याक्सीन पहिलो पटक मानवमा परीक्षण हुँदै
काठमाडौं, ३ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ ।
ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन् । उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए mRNA-1273 को सानो भाग भएको बताइएको छ ।
बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ ।
पहिलो चरणमा कोरोना भाइस विरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने छ । परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ । त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ । त्यो नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो ।
– बिबिसिबाट
प्रतिक्रिया दिनुहोस्