हुम्लाका एसइई परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिने
काठमाडौं, फागुन ३० । हुम्लाका एसइई परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । आगामी चैत्र ६ गतेबाट हुने माध्यामिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी, औषधि र उपकरणसहितको हेल्थ डेस्क स्थापना गरिने भएको हो ।
विश्वलाई सन्त्रासमा पारिरहेको कोरोना भाइरस (कोभिड–१९)को लक्षणहरु विद्यार्थीहमा देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको परीक्षणका लागि उक्त व्यवस्था गर्न लागिएको एसइई परीक्षा ुमन्वय समितिकी संयोजक एँव प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् ।
परीक्षा केन्द्रहरुमा स्वास्थ्यकर्मी, औषधि र उपकरणसहितको हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको र सो निर्णयलाई कार्यान्वयन गर्न सबै गाउँपालिकालाई अनुरोध गरिने समेत उनले बताइन्।हेल्थ डेस्क एसइई परीक्षा अवधिभर सञ्चालन गरिने छ। कोरोनाकै प्रभावले स्कुलको परीक्षा चाडै सक्न निर्देशन समेत दिएको छ । यता सांसदहरुले पनि स्कुल बन्द गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्