किन गएनन् रक्षा मन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सभापति देउवा ?
काठमाडौं , फागुन २८ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवा सहभागी भएनन् । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा भने सहभागी भएका छन् । संसदमा प्रतिधित्व गर्ने दलका शीर्ष नेता बैठकमा बोलाइएपनि काँग्रेसका सभापति देउवा भने सहभागी नभएका हुन् ।
सर्वदलीय बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी छन् । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन् । बैठकमा राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ सहभागी छन् । सिहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणका बिषयमा छलफल गर्न सर्वदलिय बैठक बोलाइएको थियो ।
यसअघि सरकारले गठन गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना नियन्त्रण सम्बन्धि उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा सो बैठक बसेको हो ।
बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियनत्रणबारे कार्ययोजना पेश गर्नेछन् । सरकारका तर्फबाट पेश हुने उक्त कार्ययोजनामा सहभागी सवै दलका प्रतिनिधिहरुले सुझाव पेश गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्