मिर्गौला दिने समीक्षाको डिस्चार्ज, प्रधानमन्त्रीको पनि आजै हुन सक्ने

काठमाडौं , फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिएकी समीक्षा संग्रौला आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले समीक्षा डिस्चार्ज भएको जानकारी गराएका हुन् ।

फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी उनी आज डिस्चार्ज भएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला दाता भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना ।”

यसैबीच उपचारमा संलग्न चिकित्सकहरुले सहमति दिए प्रधानमन्त्रीको पनि आजै डिस्चार्ज हुने बताइएको छ । फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्